विश्व फुटबलका प्रख्यात क्लबहरु बार्सिलोना, रियल मड्रिड र युभेन्टस कारबाहीमा पर्ने भएका छन् । युरोपियन फुटबल महासंघ (युइएफए) ले तीनै क्लबलाई कारबाहीको प्रक्रिया सुरु गरेको हो ।
युइएफएको निर्देशनविपरीत युरोपियन सुपर लिगमा संलग्न भएको भन्दै तीन क्लबमाथि युइएफएले कारबाहीको प्रक्रिया सुरु गरेको हो । यसअघि युरोपका १२ क्लबले आफू संस्थापक रहने गरी लिगको घोषणा गरेका थिए ।
कारबाहीमा परेका तीन क्लबसहित चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटेनहम, एट्लेटिको मड्रिड, इन्टर मिलान र एसी मिलानले आफ्नो स्वामित्वमा लिगको घोषणा गरेका थिए ।
क्लबहरुले घोषणा गरेको लिगको व्यापक विरोध भयो । विश्व फुटबल महासंघ (फिफा) र युइएफएले चेतावनी दिए । त्यसपछि संस्थापक मध्येका ९ क्लबले सुपर लिगबाट आफ्नो नाम फिर्ता लिए ।
तर, बार्सिलोना, रियल मड्रिड र युभेन्टसले उक्त लिगको आयोजकबाट आफ्नो नाम फिर्ता लिएनन् । युइएफएको अनुशासन समितिले छानबिन गरी तीन क्लबमाथि कारबाही गर्ने प्रक्रिया सुरु गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।