तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको सरकारले ३ वटा देशमा नियमित उडान खोल्ने भएको छ ।

सरकारले छिमेकी राष्ट्र चीन, कतार र टर्कीका लागि नियमित उडान खुलाउने भएको हो । जेठ १८ गतेदेखि यी तीनवटै राष्ट्रमा नियमित उडान सुचारु हुने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हा । तर, बैठकमा आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएन । 

अहिले नियमित उडान बन्द भएपनि चार्टर्ड उडानहरु भने भइरहेका छन् । यसक्रममा यात्रु ठगिने क्रम बढेको गुनासो बढेपछि यी ३ देशमा सातामा एउटा उडान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । 

जसअनुसार चीनको कुनै पनि स्थान, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । यी तीनवटै देशबाट दुवै डोज खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।

कसैले एउटा डोज मात्र खोप लगाएको छ र उनको कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ । यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैँले बेहोर्नुपर्नेछ ।



एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । खर्च उसको आफ्नै हुन्छ ।



  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ७:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया