असद लगातार चौथाे पटक सिरियाको राष्ट्रपतिमा निर्वाचित

सिरियाली राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति बसर अल असद चौँथाे कार्यकालका लागि निर्वाचित भएका छन् । राष्ट्रपतीय निर्वाचनमा असदले ९५.१ प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

वर्षौँदेखि द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुक सिरियामा असद चौँथाे पटक राष्ट्रपति चुनिएका हुन् । बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा ५५ वर्षीय असदले शानदार जित निकालेका हुन् । 

फेरि राष्ट्रपति निर्वाचित भएसँगै असदले थप सात वर्ष सिरियाको नेतृत्व गर्ने बाटो खुलेको छ । बुधबारको चुनावमा कुल मतदाताको ७८ प्रतिशत मत खसेको बताइएको छ । असदका दुई प्रतिष्पर्धा अब्दल्लाह सलोम अब्दल्लाहले १.५ र महमोउद अहमेद मरेइले ३.३ प्रतिशतमात्र मत पाएका छन् ।

लगातार चौँथाे पटक निर्वाचित भएसँगै असद परिवारले सिरियामा झन्डै ६ दशक शासन गर्ने भएको छ । यसअघि उनका पिता हाफेज अल असदले सिरियामा लगातार ३० वर्ष शासन गरेका थिए । उनको सन् २००० मा मृत्यु भएको थियो ।

विपक्षी दलहरु र पश्चिमाहरुले भने राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । छिमेकी राष्ट्रसहित पश्चिमा मुलुकले सिरियामा निष्पक्ष चुनाव नहुने निर्वाचन अघि नै भनेका थिए । 





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ८:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया