कर्णालीमा थप २७५ जनामा कोरोना, ५६१ जना निको भए

कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले शुक्रबार जारी गरेको रिर्पोटमा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १०२ जना र एन्टिजेनबाट १७३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा हालसम्म कुल संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ४७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५६१ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कर्णालीमा कुल संक्रमितमध्ये १५ हजार १७० जना निको भएका छन् । हाल प्रदेशका अस्पताल तथा आइसोलेसनमा ५ हजार ९०५ जना उपचाररत छन् । यस्तै उपचारका क्रममा सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १७:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया