प्रदेश १ :  संक्रमण दर घट्दै निको हुने बढ्दै

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या घट्न थालेको छ । 

दैनिक एक हजारभन्दा बढी संक्रमितको संख्या थपिने गरेकोमा केही दिन यता संक्रमितको संख्या घट्न थालेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा शनिबार ७०१ जनालाई कोरोना संक्रमित देखिएको छ ।

यस्तै शुक्रबार ७९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार ८६५ जनालाई कोरोना संक्रमण देखिएको थियो । 

शनिबार गरिएको पिसिआर परीक्षणमा सबैभन्दा बढी मोरङमा संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा३–३, तेह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ ।

निको हुने बढ्दै 



प्रदेश १ मा शनिबार ९९५ जना संक्रमण मुक्त भएका छन् । मोरङबाट सबैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

शुक्रबार प्रदेश १ मा ७९१ जना कोरोना संक्रमणबाट मुक्त भएका थिए । बिहीबार भने प्रदेशमा ५२९ कोरोना संक्रमण मुक्त भएका थिए । 



घटेन मृत्युदर 

संक्रमितको संख्या घट्दै गइरहेको भए पनि प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । 

२४ घण्टा यता प्रदेशमा १७ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १२ जना पुरुष रहेका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङमा ९ जनाको मृत्यु भएको छ । 

यस्तै झापामा २, सुनसरीमा ३, भोजपुरमा १, उदयपुरमा १ र अन्य १ गरी १७ जनाको मृत्यु भएको हो ।

तथ्यांकअनुसार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर मोरङमा ७, बिपी प्रतिष्ठान धरामा ३, नोबेल मेडिकल कलेजमा २, विराट मेडिकल कलेजमा ३ र अन्यमा २ को मृत्यु भएको हो ।

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार २०:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया