logo-img

महामारीकै बीच बेलायती प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो बिहे गरेका छन् । प्रधानमन्त्री जोन्सनले आफ्नी प्रेमिकासँग शनिबार गुपचुप विवाह गरेका हुन् । 

बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सनले एकदमै कम व्यक्तिको  उपस्थितिमा आफ्नी प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेका हुन् । 



प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षका भए । उनले आफूभन्दा ३३ वर्ष कम उमेरकी प्रेमिका सिमोन्ड्ससँग बिहे गरेका हुन् । वेस्टमिनस्टर क्याथेड्रलमा प्रधानमन्त्रीको विवाह सम्पन्न भएको बिबिसीले लेखेको छ ।

प्रधानमन्त्री जोन्सनले कोरोना महामारीलाई मध्यनजर गर्दै सानो समारोहमा विवाह गरेको समाचारमा उल्लेख छ । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइने उल्लेख छ । 

यसअघि दुई विवाह गरेका जोन्सनको दुवै विवाह डिभोर्समा परिणत भएको थियो । जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए । 

उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया