लुम्बिनीमा आज राष्ट्रियसभाको उपनिर्वाचन

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा खाली रहेको एउटा राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । 

निर्वाचनमा नेकपा एमालेका तर्फबाट मालारानी गाउँपालिका ५ अर्घाखाँचीका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चाका तर्फबाट महाराजगन्ज नगरपालिका १ कपिलवस्तुका दृगनारायण पाण्डेय चुनावी मैदानमा छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले छ । उपनिर्वाचनमा कोरोना संक्रमितलाई पनि मतदानको व्यवस्था गरिएको आयोगले जनाएको छ । 

उपनिर्वाचनमा कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ । निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए । आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन् । 

कुल मतदातामध्ये प्रदेश सांसदको संख्या ८३ रहेको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।



यसअघि कारबाहीमा परेका जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पनि मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो ।

सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार ७:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया