चीनबाट आयो थप ८ सय अक्सिजन सिलिन्डर

कोरोना महामारी नियन्त्रणका लागि चीनबाट थप ८ सय थान भरिएको अक्सिजन सिलिन्डर नेपाल आएको छ । चीनको तिब्बत सरकारले दिएको अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा आएको हो । 

तिब्बत सरकारले नेपाललाई ८ सय थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सेन्ट्रेटर, २०० आइसियू बेड र १५ हजार एन्टिजेन परीक्षण किट सहयोग गरेको हो । 

तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री आइतबार बेलुकी तातोपानी नाकामा नेपाललाई हस्तान्तरण भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जालमार्फत जानकारी दिइन् । 

 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार ८:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया