लुम्बिनीबाट राष्ट्रिय सभामा पाण्डेय विजयी, कसको कति मत ?

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा सदस्यमा दृगनारायण पाण्डेय विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका पाण्डेले नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले पराजित गरेका हुन् । 

पाण्डेयले प्रदेशसभा सदस्यतर्फ ४२ मत अर्थात २०१६ मतभार पाएका छन् । त्यसैगरी स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ ११८ मत अर्थात २१२४ गरी कुल ४१४० मतभार पाएका छन् ।

एमालेका तर्फबाट उम्मेदवार रहेका चन्द्रबहादुर खड्काले प्रदेशसभा तर्फबाट ४० अर्थात १९२० मतभार पाए । स्थानीय तहतर्फ ९४ मत अर्थात १६९२ मतभार गरी कुल ३६१२ मातभार पाएका छन् । 

पाण्डेयको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा लगायतका प्रतिनिधिले मतदान गरेका थिए । 
स्थानीय तहको एक मत बदर भएको छ । 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १६:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया