नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री पदकै गरिमा खस्काउने नदिने प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
पूर्व प्रधानन्यायाधीशबारे ओलीले गरेको टिप्पणीमाथि प्रतिक्रिया दिँदै शर्माले ‘अरु बोले अराजक अभिव्यक्ति,आफू बोले अभिव्यक्ति स्वतन्त्रता ?’ भन्दै प्रश्न गरेका छन् ।
सोमबार ओलीले युवा संघको कार्यक्रममा बोल्दै ओलीले पूर्व प्रधानन्यायाधीशहरुलाई ‘आउटडेटेड इलिमेन्ट’ भनेका थिए । उनीहरुले पेन्सन खाएर न्यायको हुर्मत लिएको आरोप ओलीले लगाएका थिए ।
ओलीको यस अभिव्यक्तिप्रति इगिंत गर्दै शर्माले भनेका छन्, ‘विवेक बोल्ने पूर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चाँही दिव्यज्ञान ?’
प्रधानमन्त्रीका अभिव्यक्तिले नै उनी कस्ता व्यक्ति हुन्न भन्ने पहिचान हुने शर्माको भनाइ छ । समस्या कालो कोटमा नभएर कालो सोचमा भएको उनले बताएका छन् ।
अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 1, 2021
विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ?
सम्माननिय @Pm_Nepal ब्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!! pic.twitter.com/X0WJrbNK0s
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।