कोभ्याक्सका लागि थप ८ सय मिलियन डलर दिने जापानको घोषणा

जापान सरकारले कोभ्याक्स कार्यक्रमका लागि थप ८ सय मिलियन डलर सहयोग दिने भएको छ । कोरोना भाइरस विरुद्धको खोप गरिब राष्ट्रहरुमा पनि उपलब्ध गराउने कार्यक्रमलाई जापानले थप आर्थिक सहयोग गर्ने भएको हो । 

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका जापानी पत्रिका माइनिचीलाई उधृत गर्दै अलजजिराले लेखेको छ । 

जापानले यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि २ सय मिलियन डलर सहयोग घोषणा गरेकामा अब ८ सय मिलियन डलर थप गर्ने भएको हो । 

खोपको आवश्यकता भएका राष्ट्रहरुलाई समान रुपमा खोप उपलब्ध गराउने कार्यक्रमका लागि जापानले सहयोग थप गर्ने भएको समाचारमा उल्लेख छ । 

जापानले कोरोना खोप अभियानको छलफलका क्रममा सहयोग थप गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । उक्त छलफलमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अर्बपति बिल गेट्ससहित जी सेभेन राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहको थियो । 





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १०:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया