राजेन्द्र महतोको भनाइमा प्रतिक्रिया : ओलीका विश्वासपात्र र गोकर्ण विष्टको एउटै बोली

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री सहित सरकारमा जसपा नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओली पक्षकै नेताहरु आलोचनामा उत्रिएका छन् । 

शुक्रबार उपप्रधान र सहरी विकास मन्त्रीको रुपमा शपथग्रहण गरेलगत्तै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ति आन्दोलन गर्न बताएका थिए । 
शनिबार पनि विभिन्न ठाउँमा बोल्ने क्रममा महतोले सोही आफ्ना तिनै भनाइलाई निरन्तरता दिइरहेका छन् । 

यसबारे प्रधानमन्त्री ओली मौन छन् । ओली पक्षका नेता, कार्यकर्ताहरु मन्त्री महतोका अभिव्यक्तिप्रति आपत्ति जनाउन थालेका छन् । 

ओलीका कट्टर समर्थक रहेका कर्णाली प्रदेशका एमाले नेता यमलाल कँडेलले फेसबुकमार्फत असन्तुष्टि पोखेका छन् । उनले माधव नेपाल पक्षमा रहेका एमाले नेता गोकर्ण विष्टको स्टाटसलाई जस्ताको तस्तै कपी गरी आफ्नो वालमा पोस्ट गरेका छन् । 

उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।

शनिबार दिउँसो ४ः१६ बजे विष्टले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको यही भनाइ कँडेलले ४ंः३० बजे आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् । 



 



कँडेल कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता हुन् । तत्कालीन नेकपा एक रहँदै उनले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीलाई हटाएर आफू मुख्यमन्त्री बन्ने खोजेका थिए । एमाले नेपाल पक्षका नेताहरुले साथ नदिएपछि कर्णालीको मुख्यमन्त्री बन्ने उनको पटक–पटकको प्रयास असफल हुँदै आएको छ । 
 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १८:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया