उपप्रधानमन्त्री महतोको प्रष्टिकरण : 'राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु'

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । शनिबार एक विज्ञप्तिमार्फत आफूविरुद्ध गतल प्रचार भएको महतोले बताए । 

महतोले आफूले संविधानमा उल्लेख भएअनुसार राष्ट्रिय एकता र अखण्डताका विरुद्ध अभिव्यक्ति नदिएको तर बङ्ग्याएर प्रचार गरिएको बताएका छन् । आफ्नो अभिव्यक्तिलाई गलत अर्थमा प्रचार गरिएको उनको भनाइ छ । 

उपप्रधानमन्त्री महतोले आफूले गलत भावको कुनै अभिव्यक्ति नदिएको भन्दै गलत प्रचार गरिएको स्पष्ट पारे । आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा गम्भीर ध्यानाकर्षण भएको महतोले बताए । 

विज्ञप्तिमा महतोले लेखेका छन्, 'मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जात, जाति, वर्ग समुदाय, धर्म, लिङ्गको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।' 

उपप्रधानमन्त्री महतोले आफ्ना धारणाहरु र संविधानमा रहेका असन्तुष्टी सम्बोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा राख्ने पनि बताएका छन् । उनले आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको प्रष्ट पारेका छन् । 

महताेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यस बारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु ।'





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार ६:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया