सन्दीपको ठाउँमा इस सोढी

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भिजा ढिला भएर भाइटालिटी टी ट्वान्टी ब्लास्टमा जन नपाएपछि उनको सट्टा वर्सेस्टरसायरले न्युजिल्यान्डका लेग स्पिनर इस सोढीलाई अनुबन्ध गरेको छ ।

सन्दीपले गत महिनाबाट आफ्नो भिजाका लागि विभिन्न ठाउँमा पहल गर्दा पनि शुक्रबार मात्र उनले भिजा पाएपछि उनी त्यहाँ पुग्न ढिलो हुने भएको हो । शनिबार राति ट्विटर ह्यान्डलबाट आफ्नो दोस्रो विदेशी खेलाडीका रूपमा २८ वर्षीया सोढीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

भाइटालिटी टी ट्वान्टी ब्लास्ट प्रतियोगिता जुन ९ तारिखबाट सुरु हुँदैछ । 

वार्से स्टरसायरले आफ्नो वेबसाइटमा नेपाली लेग स्पिनर सन्दीपको भिजा र पार्सपोर्टका कारण प्रतियोगिताबाट बाहिरिएको समेत जानकारी दिएको छ । 

२८ वर्षीया खेलाडी सोढीले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले नेपाली लेग स्पिनर सन्दीपलाई प्रतिस्थापन गर्नेछन् ।
 





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १३:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया