दाङमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

दाङमा अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज हुुनुपर्ने, नागरिक विधेयक सच्याउनुपर्ने, चुरे दोहनको निर्णय रोकिनुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहितविपरीतको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने नत्र उनलाई पदमुक्त गरिनुपर्ने मागसहित क्रान्तिकारीले पुत्ला दहन गरेको हो ।

कोभिड महामारीका समयमा सरकार महामारी व्यवस्थापनमा भन्दा कुर्ची जोगाउन र देश लुट्ने खेलमा लागेको आरोप लगाउदै प्रदर्शनकारीले तत्काल यी कदम सच्याउन सरकारसँग माग गरेका छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १८:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया