उपत्यकामा थप १ हजार ११५ संक्रमित

काठमाडौं उपत्यकामा थप १ हजार ११५ कोरोना संक्रमितको पुष्टि भएको छ । 

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १ हजार ११५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ९२ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १८:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया