मुख्यमन्त्री राउत गुटगत हिसाबले अघि बढिरहेको महन्थ पक्षको आरोप

सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक महन्थ–राजेन्द्र पक्षका सांसदहरु अनुपस्थित भएका छन् । 

मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेपछि उनीहरुले पार्टीको निर्देशनानुसार आजको बैठकमा अनुपस्थित भएका थिए । 
 
उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री राउतले महन्थ–राजेन्द्र पक्षलाई बाइपास गरी अन्य दलसँग गठबन्धन गर्न लागेको भन्दै उनीहरुले आजको प्रदेशसभा बैठकमा अनुपस्थित रहने निर्णय गरेका थिए । 

पूर्वराजपा पक्षका सांसदहरु आन्तरिक बैठक बसेर नै आजको प्रदेशसभा बैठकमा सहभागी नहुने र सरकारको आगामी गतिविधिको आधारमा समर्थन वा विरोध गर्ने निर्णय गरेको छ । 

बैठकमा सहभागी महन्थ–राजेन्द्र पक्षका जसपाका सचेतक परमेश्वर साहले तत्कालीन समाजवादी पार्टी र तत्कालीन राजपा पार्टी अस्तित्वमा नरहेको समयमा गुटगत हिसाबले मुख्यमन्त्री राउत अगाडि बढिरहेको आरोप लगाए । 

उनले पार्टी भित्र दुई खेमा रहेपनि आधिकारिकतको लडाइँ सर्वोच्चसम्म पुगेको र सर्वोच्च अदालतबाट आफ्नै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामी अहिले पार्टीको आधिकारिकता सम्बन्धमा आउने निर्णयको प्रतीक्षामा छौँ ।’ उनले सर्वोच्चको निर्णय आफूहरुकै पक्षमा आउने विश्वास व्यक्त गर्दै अहिले आफूहरु पर्ख र हेर​को अवस्थामा रहेका बताए ।
 
नेता साहले अहिलेसम्म संसदीय दलको विधान नै नबनेको अवस्थामा उपेन्द्र यादव पक्षले दलको नेता चयन गर्नु हास्यास्पद कुरा रहेको बताए । उनले भने, ‘संसदीय दलको विधान प्रदेश समितिमा पास हुनुपर्नेमा प्रदेश समिति पनि बनेको छैन । पार्टीको विधानको धारा २८ मा संसदीय दलको विधान प्रदेश समितिले अनुमोदन गरेपछि मात्र लागू हुने कुरा उल्लेख रहेको छ । त्यसैले यो मान्य हुने छैन् ।’





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १९:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया