माओवादीका मुख्यमन्त्रीलाई जोगाएपछि भीम रावलले भने : विधि र पद्धति मिच्नेले पाठ सिके होला

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगाइदिएपछि आफूहरुले विधि र पद्धति सिकाएको बताएका छन्। 

मुख्यमन्त्री भट्टको पक्षमा एमालेबाट निष्कासित माधव नेपाल र रावलनिकट १७ सांसदले मत हालेका थिए। एमालेका सांसदको मत पाएपछि मुख्यमन्त्री भट्ट सुरक्षित भएका छन् 

'सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकामा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई बधाई', उनले भनेका छन्, 'विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?'

नेपाल पक्षले एमालेको निर्देशनसमेत उलंघन गर्दै कर्णाली र सुदूरपश्चिममा माओवादीका मुख्यमन्त्रीको पद जोगाइदिएको छ। सुदूरपश्चिममा रावलकै नेतृत्वमा उनीनिकट सांसदहरुले भट्टलाई भोट हालेका हुन्। त्यहाँ कांग्रेस भने तटस्थ बसेको थियो। 

 





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १५:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया