बागमती प्रदेश सरकारले पास गर्यो आव ०७८–७९ को नीति तथा कार्यक्रम

बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०७८–७९ को नीति तथा कार्यक्रम पास गरेको छ । 

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलका अनुसार मंगलबार साँझ मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले  नीति तथा कार्यक्रम पास गरेको हो ।  

प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुँदै छ । आजको  बैठकमा अन्य कुनै विषयमा छलफल नभएको बताइएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल भने मातृशोक परेका कारण बैठकमा उपस्थित हुन सकेनन् । 





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार २०:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया