‘राजसंस्था सहितको व्यावहारिक प्रजातन्त्र आवश्यक’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले सुखी, खुसी, समावेशी नेपाल निर्माण गर्न त्रुटिपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पुनर्विचार गर्नु पर्ने बताएका छन् ।

‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष दरबार अर्थात् राजसंस्थालाई पाखा राखेर नयाँ नेपाल, दिगो शान्ति प्राप्त भएन । हालसम्मको प्रयास र राजनीतिक प्रक्रिया सफल भएन । त्यसकारण सुखी, खुसी र समावेशी नेपाल प्राप्त गर्न, पूर्वाग्रही मार्गचित्र त्यागेर राजसंस्था सहितको व्यावहारिक प्रजातन्त्र आवश्यक भएको छ,’ राप्रपाका कार्यसम्पादन सदस्य लावतीले भने ।

राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन, नयाँ द्वन्द्वको सम्भावना निमिट्यान्न पार्न राजसंस्था, सनातन हिन्दु राष्ट्र पक्षधरलगायत सबै नेपालीहरु एक ठाउँ बसेर वर्तमान संकट निवारण गर्नु पर्ने लावतीको भनाइ छ ।

संविधान र पद्धति संकटग्रस्त भएको भन्दै लावतीले, कार्यपालिका, व्यवस्थापिका, राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर पछिल्लो समय न्यायालय नै विवादको घेरामा परेको भन्दै चिन्ता प्रकट गरे ।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया