घुस लिएको तथा अधिकार दुरुपयोग गरेको आरोपमा सेनाले चलायो सुकीमाथि मुद्दा

म्यानमारमा नेतृ आङ सान सुकीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । म्यानमारको सैन्य प्रशासनले नेतृ सुकीमाथि गम्भीर प्रकृतिको भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 

सेनाले पदमा रहेको समयमा सुकीले पदीय अधिकारको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाएको छ । सुकीले घुस लिएर पदीय आचरणभन्दा बाहिर रहेर अधिकारको दुरुपयोग गरेको अभियोग लागेको हो । 

तर, सुकीको दल नेशनल लिग फर डेमोक्रेसीले उक्त मुद्दालाई सैन्य प्रशासनले सुकीलाई फसाउन लगाइएको झुट्टा आरोप भनेको छ । म्यानमारको प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुकीले नगद तथा सुन घुस लिएको आरोप लगाएको थियो । 

सुकीले भूमि दुरुपयोग सम्बन्धी प्रस्तावमा एक फाउन्डेसनसँग ६ लाख डलर नगद घुस लिएको सैन्य प्रशासनको आरोप छ । यस्तै उनले १४.४ किलो सुनपनि लिएको दाबी गरिएको छ । 

सुकीमाथि सैन्य प्रशासनले लगाएको आरोप अदालतमा प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । सैन्य प्रशासनले सुकीमाथि अवैध रूपले सञ्चार सेट आयात गरेको र सार्वजनिक अशान्ति पैदा गरेको पनि आरोप लगाएको छ ।

गत फेब्रुअरी फस्टमा सेनाले जननिर्वाचित सुकी नेतृत्वको सरकारलाई अपदस्थ गर्दै शासन आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको दमनमा परी सयौँको ज्यान गइसकेको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ८:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया