हत्या हिंसाको राजनीति सधैंलाई बन्द गरौँः प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले  बागमती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिलाई लिएर आलोचना गरेका छन् । उनले ट्वीटरमार्फत् वैद्यको आलोचना गरेका हुन् ।

पौडेलले ट्विट गर्दै लेखेका छन्, ‘नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति हाम्रो राजनैतिक आचरण र संस्कारभित्र पर्दैन । हाम्रो भाषा स्वास्थ्य हुनुपर्छ । हामीलाई विश्वास छ, उहाँले आफ्ना शब्दहरू फिर्ता लिएर आत्मालोचना गर्नु हुनेछ ।’

'हिंसाको राजनीति सधैंलाई बन्द गरी सुसंस्कृत र शभ्य राजनैतिक प्रणालीको विकास गरौँ ', पाैडेलले थपे ।

हिजाे बसेकाे बागमती प्रदेश सभाकाे बैठकमा वैद्यले केपी ओलीलाई मार्नुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ ।

 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार ११:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया