गण्डकी प्रदेशसभामा मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेले विपक्षी गठबन्धनको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मागेका छन् ।
सरकार गठनका लागि आफूले सहयोग गर्नका लगि प्रदेशको गृह मन्त्रालय मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफूले पाउनुपर्ने मनाङेको माग छ ।
सरकारमा मन्त्री रहेकी अवस्थामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत दिन अनुपस्थित रहेका मनाङेले विपक्षीलाई नयाँ सरकार बनाउन सघाउनका लागि आफूलाई आन्तरिक मामिला मन्त्रालय मागेका हुन् ।
यसअघि प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेलाई विश्वासको मत दिनका लागि अनुपस्थित भएपछि मुख्यमन्त्री गुरुङले बर्खास्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।