‘म मजदुर मायाको’मा  केशव र नमिता

न्युजिल्यान्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीको शब्दमा रहेको ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर र संगीत गायक केशव भावुकको रहेको छ। सेन्टिमेन्टल भर्सनको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायक भावुकका यसअघि सयौं गीत बजारमा आइसकेका छन् ।  

प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन् ।  कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलायमान बनाउन जोखिम उठाएर मिहिनेत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन् ।

मिराज अर्यालको  छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडीको आधिकारिक च्यानल ‘नमिता दवाडी’ मार्फत सार्वजनिक गरिएको हो ।

 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १७:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया