बेलिङ्घम युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडी

इङ्ग्ल्यान्डका मिडफिल्डर जुडे बेलिङ्घमले युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा गराएका छन् ।

गएराति क्रोएसियाविरुद्ध मैदान उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिनको थियो । उनले नेदरल्यान्डका जेट्रो विलियम्सको रेकर्ड भङ्ग गरेका हुन् ।

जेट्रोले १८ वर्षको उमेरमा सन् २०१२ को युरो कप खेल्दै यो कीर्तिमान बनाएका थिए ।

बेलिङ्घम इङ्ग्ल्यान्डका लागि कुनै पनि ठूला प्रतियोगिता खेल्ने कान्छा खेलाडीसमेत बने । उनले माइकल ओवेनको कीर्तिमान तोडेका हुन् ।

बेलिङ्घम ८२औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका हुन् । यो खेलमा इङ्ग्ल्यान्डले १–० को जित दर्ता गरेको थियो । 

☑️ Youngest man to appear at a @UEFA EURO
☑️ Youngest man to play for England at a major tournament

A special day for 17-year-old @BellinghamJude 👏 pic.twitter.com/68Tagq9fVv





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ८:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया