बाबुराममाथि सूर्य थापाको प्रहार : ढोंग, पाखण्डीपन र अभिनयको पर्दा च्यातियाे

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका नेता सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि लिम्पियाधुरा समेटिएको नक्सा हेर्नसमेत नसकिएको आरोप लगाएका छन् । 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सरकारले उपहार दिएको नेपालको लिम्पियाधुरा समेटिएको नयाँ नक्सामा थपिएको भाग तौलियाले छोपेका थिए । 

सोही विषयलाई लिएर थापाले नयाँ नक्सा डा. भट्टराईले हेर्नै नसकेको बताएका हुन् । थापाले पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्ति पनि ढोंग भएको बताए । 

थापाले डा. भट्टराईका पछिल्ला भनाइ र गतिविधिले उनी ढाेंगी रहेको देखाएको बताए । उनले ढोंग, पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातच्यूत भइरहेको पनि उल्लेख गरे । 

थापाले लेखेका छन्, 'लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङे बारेका असंगत धारणा देख्दा डा.बाबुराम भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनुभएको छ ? सहजै बुझिन्छ ।' 



 



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ११:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया