अनुहार हेरेर अस्थायी शिक्षकलाई पास गराउन सकिँदैन : अायाेग

पटक–पटक स्थिगित हुँदै आएको तीनै तहका अस्थायी शिक्षकको परीक्षा गत साउन २९ र ३० गते सम्पन भयो । जुन परीक्षाका लागि २३ हजार २ सय ८६ जना अस्थायी शिक्षकले परीक्षा फारम भरेका थिए । तीमध्ये तीनै तहमा गरी २२ हजार ७६ परीक्षार्थी सामेल भएका थिए । तीमध्ये प्राथमिक तहमा १६ हजार १ सय ९७, निम्नमाध्यमिक तहमा ३ हजर ७ सय ८३ र माध्यमिक तहमा ३ हजार ३ सय ६ शिक्षकले परीक्षा फारम भरेका थिए । 

परीक्षा दिएसँगै अस्याथी शिक्षकहरुले आन्तिरक रुपले ७५ प्रतिशतलाई स्थायी गराउनुपर्ने र असफल भएका परीक्षार्थीलाई स्वास्थ्य उपचारसहित एकमुस्ट रकम उपदानमार्फत दिनुपर्ने माग राख्दै आएका छन् । 

तर, शिक्षक सेवाका प्रशासकीय प्रमुख डा. तुलसी प्रसाद थपलिया भन्छन्,’ अस्थायी शिक्षकहरुको अनुहार हेरेर पास गराउने होइन, जो प्रतिस्पर्धाको हिसाबमा अगाडि आउनुहुन्छ, उहाँहरु नै पास हुनुहुन्छ ।’ 

अस्थाथी शिक्षकहरूले कहिले रिले अनशन त कहिले आरमण अनशन गरेर दर्जनाँैपटक आन्दोलन गरेका छन् । अस्थाथी शिक्षकहरुको माग पूरा नभएमा असोजको १५ र १६ गते ७७ जिल्लाका सामुदायिक विद्यालय बन्द गराउने अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईंले जानकारी दिए । उनका अनुसार सरकारलाई आफ्ना माग पूरा गर्नका लागि असोज २१ गतेबाट सम्पूर्ण अस्थायी शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्नेछन् ।

अस्थाथी शिक्षकका प्रावि तहको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ । अरु, निम्नमाध्यमिक र माध्यमिक तहको उत्तरपुस्तिका जाँच्ने काम भइरहेको छ । शिक्षक सेवाको खुला विज्ञापनको परीक्षा यही असोज ११,१२,१३ गते चल्ने भएकाले अस्थायी शिक्षकको परीक्षाफल निस्कनलाई केही ढिलाइ हुने प्रशासकीय प्रमुख डा. थपलिया बताउँछन् । 

शिक्षक महासंघले पनि अस्थायी शिक्षकको मागलाई सकारात्मक ढंगले नउठाएको अस्थायी  शिक्षकको आरोप छ । अस्थायी शिक्षकहरु प्रतिस्पर्धाका आधारमा न्यूनतम ४० नम्बर ल्याएर पनि पास नभइने हो कि भन्ने त्रासमा परीक्षाफल कुरिरहेका छन् । अबको एक महिनाभित्रमा अस्थायी शिक्षकको तीनै तहको परीक्षाफल प्रकाशित गर्ने आयोगको तयारीे छ । 



तीनै तहमा आयोगले २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो । दरखास्त कम परेका कारण र अन्य कारणले गर्दा २ हजार ७ सय जति पद रिक्त भएको छ । त्यो पद खुलामा गएको छ । दरखास्त परेअनुसार विज्ञापन नम्बर १,२ मा प्रतिस्पर्धा कम रहेको छ । तर, विज्ञापन नम्बर ३ मा प्रतिस्पर्धा धेरै देख्न सकिन्छ । 

२०४९ सालभन्दा अगाडि नियुक्त भएका अस्याथी शिक्षक विज्ञापन नम्बर १ मा रहेका छन्, भने विज्ञापन नम्बर २ भन्नाले २०४९ देखि २०६१ साउन १० गते सम्मका अस्याथी शिक्षक र विज्ञापन नम्बर ३ भन्नाले २०६१ साउन १० पछाडि नियुक्त भएका अस्थायी शिक्षक रहेका छन् । 



यसबाट नै, के पुष्टि हुन्छ भने २०६१ साउन १० पछिका अस्थायी शिक्षकहरुमा प्रतिस्पर्धा बढी रहेको छ । दरखास्त दिने शिक्षक बढी, तर पद थोरै रहेको छ । 

सरकारले दिने भनिएको उपदान कसरी दिने भन्ने प्रस्ट छैन । अहिले बजेटमा पनि सरकारले अस्थायी शिक्षकहरुलाई दिने भनेर केही रकम छुट्याएको छैन । त्यसैले पनि अस्थायी शिक्षकको माग पूर्ण रुपमा सम्बोधन गर्न सरकार तत्पर नभएको संघर्ष समिति अध्यक्षको आरोप छ । 

आफ्नो माग सरकारले पूरा नगरे फेरि देशव्यापी रुपमा आन्दोलन स–शक्त बनाउन अस्थायी शिक्षक लागि परिरहेका छन् । 

अस्थायी शिक्षकको अहिलेसम्मको अनशन 
१. २०५५ कात्तिक १२ मा केशरमहलमा रिले अनशन 
२. २०६३ मा आमरण अनशन, शान्तिवाटिकामा १२ दिनसम्म अनशन
३. २०६३ भदौदेखि मंसिरसम्म शान्ति वाटिकमा रिले अनशन 
४. २०६४ फागुन १९–२३ सम्म शान्ति वाटिकामा रिले अनशन
५. २०७० पौष ३ देखि २०७१ कात्तिकसम्म ३१५ दिन शान्ति बाटिकामा रिले अनशन 
६. २०७३ कात्तिकमा माइतीघरमा रिले अनशन
७. २०७४ असार २ मा भद्रकालीमा आमरण अनशन 
८. २०७४ साउन १८ मा भद्रकालीमा आमरण अनशन 


 


 

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार १७:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया