युरो कप : चेक गणतन्त्रको विजयी सुरुवात

युरो कप अन्तर्गत सोमबारको खेलमा चेक गणतन्त्र विजयी भएको छ । उसले हाम्डेन पार्कमा घरेलु टोली स्कटल्यान्डमाथि २-० को सहज जित निकालेको हो ।

चेक गणतन्त्रको जितमा दुवै गोल प्याट्रिक सिकले गरे । उनले ४२ औँ मिनेटमा हेडमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

५२ औँ मिनेटमा सिकले नै चेक गणतन्त्रको अग्रता दोब्बर बनाए । उनले स्कटल्यान्डका गोलरक्षक डेविड मार्सल अगाडि बढेको अवस्थामा मैदानको मध्यभाग भन्दा केही अगाडिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

जितसँगै चेक गणतन्त्र ३ अंकका साथ समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । ऊ इङ्ग्ल्यान्डसँग समान अंक भए पनि गोल अन्तरमा अघि रहेको हो ।

इङ्ग्ल्यान्डले आइतबारको खेलमा क्रोएसियामाथि १-० को जित निकालेको थियो । हारबाट प्रतियोगिताको सुरुवात गरेको स्कटल्यान्ड समूहको अन्तिम स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २०:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया