भारतमा भेटियो कोरोनाको अर्को घातक भेरियन्ट ‘डेल्टा प्लस’

कोरोना महामारीको गम्भीर संकटसँग जुधिरहेको भारतमा झन् घातक नयाँ भेरियन्ट भेटिएको छ। कोरोना महामारीको दोस्रो लहरबीच डेल्टा भेरियन्ट उत्परिवर्तन भएर नयाँ भेरियन्ट बनेको भेटिएको हो। 

भारतमा भेटिएको नयाँ भेरियन्टलाई वैज्ञानिकले ‘डेल्टा प्लस’ नाम दिएका छन्। ‘डेल्टा प्लस’ डेल्टा भेरियन्टभन्दा झन् संक्रामक रहेको छ। नयाँ भेरियन्टको नमूना भारतका ६ राज्यमा पुष्टि भएको छ। अहिलेसम्म यो भेरियन्टबाट ८ जना संक्रमित भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यो भेरियन्टलाई वैज्ञानिकहरुले ‘के४१७ एन' नाम पनि दिएका छन् । नयाँ भेरियन्ट बी.१.६१७ (डेल्टा) ८ व्यक्ति फेला परेको छ। यो भेरियन्टले मानिसको एन्टिबडीमा सिधै आक्रमण गर्ने क्षमता राख्छ।

के४१७ (डेल्टा प्लस) म्युटेसन भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तै परिवर्तन भएर आएकोले यसले मानिसलाई पटक पटक संक्रमण गर्न सक्ने वैज्ञानिकहरूको दाबी छ। 'डेल्टा प्लस’ भेरियन्टले खोप लगाइसकेकालाई पनि संक्रमण गर्न सक्ने क्षमता राख्छ।

समाचार अनुसार यो भेरियन्ट सबैभन्दा धेरै दक्षिण भारतको तमिलनाडुमा पाइएको छ । त्यहाँका तीन बिरामीमा यो भेरियन्ट पाइएको छ। यससँगै महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एकजनामा 'डेल्टा प्लस' भेरियन्ट पाइएको छ।

भारत सरकारले दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमूनाको सिक्वेन्सिङको नतिजा आउन बाँकी रहेको जनाएको छ। भारतीय वैज्ञानिकहरुका अनुसार गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुनामध्ये ८ वटामा नयाँ म्युटेसन (डेल्टा प्लस) पाइएको हो।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १२:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया