रोनाल्डो पहिलो पटक मैदान बाहिर, युभेन्ट्सको जित


एजेन्सि– मंगलबार देखि सुरु भएको च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डो पहिलो पटक मैदानबाट बाहिरिएका छन् । 
खेलको २९ औं मिनेटमा भ्यालेन्सियाका डिफेन्डर जेइसन मुरिल्लोलाई फउल गरेपछि उनलाई रेफ्रि रातो कार्ड दिए र खेलबाट बाहिरिएका थिए । 

रोनाल्डो बाहिरिएपनि २–० गोल अन्तरले युभेन्ट्सले आफ्नो सुखद सुरुवात गरेको छ । 

पोर्चुगलका स्टार रोनाल्डो मैदानबाट आँखा भरि आँसु पार्दै बाहिरिएका थिए । स्पेनिस क्लव रियल म्याडड्रिडबाट युभेन्ट्स प्रवेश गरेका ३३ बर्षिय रोनाल्डो युभेन्ट्स र इटालियन क्लव विरुद्ध खेलमा पहिलो २ गोल गरेर जीत हासिल गरेका थिए । 

च्याम्यिन्स लिगको १५४ वटा खेलमा रोनाल्डो रेड कार्ड पाएर मैदानबाट बाहिरिएको पहिलो पटक हो । अहिले सम्म रोनाल्डोले च्याम्पियन्स लिगमा १२० गोल गरेका छन् । 





  • प्रकाशित मिति : असोज ४, २०७५ बिहीबार ८:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया