वेस्ट इन्डिज र बंगलादेश भ्रमणका लागि आरोन फिन्चको कप्तानीमा १८ सदस्यीय अस्ट्रेलियन टोली घोषणा भएको छ ।
२ जनालाई वैकल्पिक खेलाडी रूपमा राखिएको टिममा स्टार खेलाडीले भने स्थान पाएका छैनन् ।
स्टिभ स्मिथ, ग्लेन म्याक्सबेल, प्याट कमिन्स, डेविड वार्नर, मार्कुस स्टोनिस, केन रिचर्डसन, डानियल साम्स र जाय रिचर्डसन टोलीमा परेका छैनन् ।
स्मिथलाई चोटका कारण विश्राम दिइएको र अन्य खेलाडीलाई भने उनीहरूको अनुरोधमा टोलीमा समावेश नगिरएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।
अस्ट्रेलियाले वेस्ट इन्डिजसँग ५ खेलको टि-२० र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । उसले बंगलादेशसँग ५ खेलको टि-२० सिरिज खेल्नेछ ।
अस्ट्रेलियन टिम
आरोन फिन्च (कप्तान), एस्टोन अगर, एलेक्स केरी (विकेटकिपर), जेसन बारेनड्रफ, डान क्रिस्टियन, मिचेल स्टार्च, जोस हेजलउड, मोसिस हेनरिक्विस, मिचेल मार्श, बेन म्याकडर्मोट, जोस फिलिपे, राइली मेरिडिथ, म्याथु वेड, एड्रियु टाइ, एडम जाम्पा, एस्टोन टर्नर, मिचेल स्विपसन र विस अगर ।
वैकल्पिक खेलाडी
नाथन इल्स र तानविर सांगा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।