युरो कप : मिरानचुकको गोलमा रुसको पहिलो जित

युरो कप अन्तर्गत बुधबारको खेलमा रुस विजयी भएको छ । उसले घरेलु मैदानमा फिनल्यान्डमाथि १-० को कठिन जित निकालेको हो ।

पहिलो हाफको थप गरिएको समयमा एलेक्सी मिरानचुकले गरेको एक मात्र गोल रुसलाई पहिलो जित दिलाउन पर्याप्त बन्यो । उनले आर्टम ज्युबाको पासलाई सदुपयोग गरेका थिए ।

खेलको चौथो मिनेटमा फिनल्यान्डका जोएल पोहजनपालोले गोल गरे पनि भिएआरमा उनी अफ साइट देखिएपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

जितसँगै रूस २ खेलबाट ३ अंकका साथ समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । फिनल्यान्डसँग बराबरी अंक भए पनि ऊ हेड टु हेडमा अगाडि रहेको हो ।

रूस पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित हँदा फिनल्यान्ड डेनमार्कलाई १-० ले हराएको थियो ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार २१:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया