टुकोनले गर्‍याे पदाधिकारी चयन

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले पदाधिकारीहरू चयन गरेको छ ।  गत चैत्र ६ र ७ गते काठमाडौंमा सम्पन्न ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशनले ४५ सदस्यीय केन्द्रीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । 

महाधिवेशनको केही समयपछि नै कोरोना संक्रमण तीव्र हुँदै गएपछि पदाधिकारी चयन तथा विधान बमोजिम केन्द्रीय समितिमा मनोनयनको कार्य अगाडि बढ्न सकेको थिएन । 

परिस्थितिमा क्रमिक सुधार हुन थालेकाले संगठनलाई चलायमान बनाउन प्रथम चरणमा बाँकी रहेका केन्द्रीय समिति सदस्य मनोनयनका साथै पदाधिकारी चयन र प्रदेश प्रमुखहरूको जिम्मेवारी बाँडफाँड गरिएको महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।

ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आज विज्ञप्ति मार्फत् पदाधिकारी चयन गर्नुका साथै प्रदेश प्रमुख, विभागीय प्रमुखहरूलाई जिम्मेवारी दिइएको जनाएको छ ।

टुकोनद्वारा जारी विज्ञप्ति अनुसार महासंघको सल्लाहकारमा बद्री के.सी. र शुवर्ण वैद्य रहेका छन् भने बालकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष (सिन्धुपाल्चोक), वशन्त कुमार रिमाल,  वरिष्ठ उपाध्यक्ष (झापा), आनन्द कुमार रिसाल, सचिवालय प्रमुख एवं प्रथम उपाध्यक्ष (नुवाकोट), प्रवल नरसिंह राणा, उपाध्यक्ष, प्रशिक्षण विभाग (काठमाडौं), राजेन्द्र अधिकारी,  उपाध्यक्ष (कपिलवस्तु), टोपेन्द्र बहादुर शाही, उपाध्यक्ष (बाँके), ढुण्डीराज कंडेल, उपाध्यक्ष (दाङ), उत्तमराज उपाध्याय, उपाध्यक्ष (पर्सा), मिना श्रेष्ठ, उपाध्यक्ष महिला (बाँके) रहेका छन् ।

यसैगरी बद्रीकुमार श्रेष्ठ, महासचिव (काठमाडौं), भरत ढकाल,  महासचिव (धादिङ), प्रेम  केसी, उपमहासचिव (बाँके), कुमार बस्नेत, उप महासचिव (झापा), दिपेन्द्र रेग्मी, उपमहासचिव (चितवन) रहेका छन् ।



प्रदेश प्रमुखहरूमा हर्कजंग थुङ्गिम लिम्बु (झापा), १ नं. प्रदेश, तेजनारायण साह (धनुषा) २ नं. प्रदेश, मोहन केसी (कास्की), गण्डकी प्रदेश, प्रमात कुमार श्रेष्ठ (बाँके), लुम्विनी प्रदेश, छत्र शाही (कैलाली), सुदुरपश्चिम प्रदेश रहेका छन् ।

यस्तै महासंघको सचिवमा राम बहादुर केसी (मोरङ), नविन सुबेदी (ललितपुर), सर्मिला न्यौपाने (झापा), हिराप्रसाद कर्माचार्य (भक्तपुर), प्रज्वल जंग शाही (बाँके), रोजीना गुरूङ (काठमाडौं) लाई जिम्मेवारी दिइएको छ भने कोषाध्यक्षमा सुस्मिता सुवेदी (काठमाडौं) तथा वरिष्ठ केन्द्रीय सदस्यमा राजकुमार खड्का (काठमाडाैं) लाई मनोनित गरिएको छ ।



https://drive.google.com/file/d/1ov3XZYQ4fCZVV1kyqc1TDlS24Qo5uSUi/view?usp=sharing

  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १०:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया