युरो कप : क्रोएसिया र चेक गणतन्त्रले बराबरी खेले

युरोकप अन्तर्गत गएराति भएको खेलमा क्रोएसिया र चेक गणतन्त्रले बराबरी खेलेका छन् । समूह डी मा रहेका यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । 

खेलको ३७औँ मिनेटमा प्याट्रिक स्चिकले पेनाल्टीमार्फत गोल गरेपछि चेक गणतन्त्र खेलमा अगाडि बढेको थियो । 

क्रोएसियाका लागि दोस्रो हाफको सुरुवातमै ४७औँ मिनेटमा इभान पेरिसिसले बराबरी गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल हुने सकेन ।

अघिल्लो खेलमा स्कट ल्याण्डमाथि जित निकालेको चेक गणतन्त्रले ४ अंक जोडेको छ । अघिल्लो खेलमा पनि इङ्ल्याण्डसँग पराजित भएको क्रोएसियाको १ अंक भएको छ । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ६:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया