कोपा अमेरिका : चिलीको पहिलो जित

कोपा अमेरिका अन्तर्गत गएराति भएको खेलमा चिलीले जित हात पारेको छ । चिलीले बोलिभियालाई १–० ले हराएको हो । 

खेलको १०औँ मिनेटमा बेन ब्रेरेटोनले गरेको गोल नै चिलीको जितका लागि निर्णायक बन्यो । खेलमा चिलीले बोलिभियामाथि केही दवाव बनाए पनि थप गोल गर्न सकेन । 

चिलीले बोलिभियाको पोस्ट निरन्तर आक्रकण गरेको थियो । तर बोलिभियाका खेलाडीले कडा डिफेन्स गर्दै गोल हुनबाट जोगाइरहे । बोलिभियाका खेलाडीले पनि गोल गर्ने केही अवसर भने बनाएको थिए । 

पहिलो खेलमा चिलीले अर्जेन्टिनासँग बराबरी खेलेको थियो । बोलिभिया पाराग्वेसँग पराजित भएको थियो ।   





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ६:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया