मैदानमै लडेर बेहोस भएका डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन डिस्चार्ज

युरोकप अन्तर्गतको खेलमा मैदानमा बेहोस भएर ढलेको डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । 

१२ जुनमा  फिनल्याण्डसँगको खेलमा  एरिक्सन मैदानमा लडेका थिए । उनलाई कार्डिक अरेस्ट भएको थियो । 

 ‘हार्ट–स्टार्टिङ डिभाइस’ राख्नका लागि भएको शल्यक्रिया सफल भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएको बिबिसीले जनाएको छ । 

एरिक्सनले शुक्रबार आफ्नो टिमका साथीहरुसँग भेट गरेका थिए। 

एरिक्सनले वक्तव्य जारी गरी आफ्नो स्वास्थ्यका लागि विश्वव्यापी रुपमा गरिएको प्रार्थनाका लागि आभार व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ७:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया