युरो कप : फ्रान्सको लक्ष्य अन्तिम १६

युरो कप अन्तर्गत आज फ्रान्स र हंगेरी प्रतिस्पर्धा गर्दैछन्। खेल हंगेरीको घरेलु मैदानमा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। 

पहिलो खेलमा जर्मनलाई १–० ले हराएको फ्रान्स हंगेरीलाई पराजित गर्दै १ खेल अगावै अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ।

ह्युगो लोरिसको कप्तानीमा मैदान उत्रिने फ्रान्सले पछिल्ला पाँच खेलमा शतप्रतिशत जित निकालेको छ।
पहिलो खेलमा पोर्चगलसँग ३–० ले हारेको हंगेरी पनि घरेलु मैदानको फाइदा उठाउँदै फ्रान्सलाई पराजित गरेर अन्तिम १६ मा पुग्ने सम्भावनालाई कायम राख्न चहान्छ।

एडम स्जालाइको कप्तानीमा मैदान उत्रिने हंगेरीले पछिल्ला ५ खेलमा ३ जित, समान १–१ हार र बराबरीको नतिजा निकालेको छ। 

१६ वर्षपछि एक अर्काको सामना गर्न लागेका यी दुई टिमले हालसम्म २३ खेल खेलका छन्। जसमा फ्रान्स ८, हंगेरी १२ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको छ। 

फ्रान्स र हंगेरले सन् १९११ मा पहिलोपटक एक अर्काको सामना गरेका थिए। मैत्रीपूर्ण खेल अन्तर्गत भएको भेटमा हंगेरी ३–० ले विजयी भएको थियो। 



यी दुईले पछिल्लोपटक सन् २००५ मा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए।  यो मैत्रीपूर्ण खेल फ्रान्सले २–१ ले आफ्नो पक्षमा पार्‍यो। 

इतिहासमा हंगेरी बलियो देखिए पनि पछिल्ला ५ खेलमा भने फ्रान्स हावी भएको छ। उसले पछिल्ला ५ खेलमा शतप्रतिश जित दर्ता गरेको छ। 
 



  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १०:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया