Mon, 25 May, 2020


बालिका करणी उद्योगमा पक्राउ
फरकधार / असोज ५, २०७५

भोजपुर– जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । 



प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए । 

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्