महोत्तरीमा सडक दुर्घटनामा परी एक सञ्चारकर्मीको मृत्यु

महोत्तरीमा सडक दुर्घटनामा परी एक सञ्चारकर्मीको मृत्यु भएको छ ।

जिल्लाको  गौशालास्थित रेडियो जुनतारामा कार्यरत सर्लाही ईश्वरपुर नगरपालिका-१४ निवासी ३० वर्षीय सञ्चारकर्मी अर्जुन कुशवाहको सडक दुर्घटनामा परी  शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ ।

कुशवाह रेडियोमा काम सकेर घर जाँदै थिए । सोही क्रममा हरिपुर्वा नगरपालिका-८ मा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको टिप्परले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएकाे छ ।





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १३:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया