पेरुमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

पेरुमा बस दुर्घटना हुँदा  खानीमा काम गर्ने कम्तीमा २७ जनाको मृत्यु भएको छ । यसै गरी १३ जना घाइते भएका छन् । 

अयाकुचो क्षेत्रबाट अरेक्वीतर्फ जाँदै गरेको बस अनियन्त्रित भइ सडकदेखि करिब २५० मिटर तल खसेको द एरिस माइनिङ कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार कामदारहरू छुट्टीमा घर जाँदै थिए । ड्राइभर निद्रामा हुँदा दुर्घटना घटेको हुनसक्ने बताइएको छ । 

दुर्घटना भएको क्षेत्रलाई निकै खतरनाक क्षेत्रको रूपमा लिने गरिन्छ । 

पेरुमा दस दिनभित्रमै दुई ठुला सडक दुर्घटना भएका छन् ।  गत साता बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १८:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया