निषेधाज्ञाको मारमा टेलिसिरियल

पछिल्लो समय लोकप्रिय भएको टेलिसिरियल हो, ‘जुठे’ । निषेधाज्ञाका कारण सबै सो तथा सिरियलहरू बन्द हुँदा पनि प्रसारण नरोकेको सिरियलले दर्शक पनि राम्रै पाएको थियो । अब भने ‘जुठे’पनि प्रसारण रोकिएको छ ।

निषेधाज्ञाका कारण छायाङ्कनमा समस्या भएकाले सिरियलको प्रसारण रोक्नु परेको निर्माण टिमले जनाएको छ । निषेधाज्ञा अघि छायांकन गरेर राखेको सिरियल देखाउँदै आएको र अब स्टक सकिएको सिरियलका निर्देशक मरिचमान श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘हामीले गाउँमा गएर जुठेको छायाङ्कन गर्दै आएका थियौं । अहिले छायाङ्कनको माहोल छैन । छायाङ्कन असम्भव भएका कारण आगामी साता प्रशारण रोक्ने निर्णयमा पुगेका छौं ।’ सिरियलका शीर्ष कलाकार समेत रहेका श्रेष्ठले निषेधाज्ञा खुकुलो भएसँगै जुठेका नयाँ भाग प्रसारण गर्ने बताएका छन् ।

दलित  समुदायको मुद्दामा केन्द्रित यो सिरियललाई लिएर दलित समुदायका केही अभियन्ताहरुले गुनासो समेत गरिरहेका छन् । अब आउँने नयाँ भागमा अभियन्ताहरूका ती गुनासोलाई सम्बोधन गर्ने पनि श्रेष्ठले बताएका छन् ।

मरिचमान र राजु पौडेलको लेखन तथा निर्देशन गरेको ‘जुठे’मा राजु र मरिचमानका साथमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निषेधाज्ञाका कारण लामो समयदेखि प्रसारण हुँदै आएका अन्य सिरियलहरु पनि बन्द भएका भएका छन् । केही सिरियलहरू पुराना भाग प्रसारण भइरहेका छन् । पछिल्लो समय प्रसारण सुरु गरेको, ‘हाम्री झ्याउँकिरी’ लामो समयदेखि प्रसारण भइरहेको ‘मेरी बास्सै’, ‘हर्के हवल्दार’, ‘गोलमाल’,‘हल्का रमाइलो’, ‘सक्किा गो नी’ लगायतका सिरियलको प्रसारण बन्द भएको छ । कोरोना कारण सरकारले छायाङ्कनमा रोक लगाएका यी सिरियल पुनः कहिलेबाट प्रसारण सुरु हुन्छन् यसै भन्न सक्ने अवस्था छैन ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १२:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया