एनआइसी एसिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ। 

यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत् सहज रूपमा यो सुविधा उपभोग गर्न सक्नेछन्। समय अनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोनाभाइरसबाट उत्पन्न यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले अनलाइनमार्फत् यस प्रकारको सुविधा ल्याएको हो।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मार्फत iServe भित्र रहेको Card Service मा ट्याप गरी ‘Debit Card Replacement’ मार्फत् हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डका लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ। यसका लागि ग्राहकले ‘Debit Card Replacement’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।

त्यसलगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेको OTP राखेर भेरिफिकेसन गर्नुपर्छ। सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं सर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडिको प्रक्रियामा प्रवेश गर्नुपर्छ।

आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनोट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउनेछ। यस अनलाइन सुविधाले ग्राहकलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड-१९ महामारीको बेला भौतिक दूरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १३:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया