युरो कप : इटाली र वेल्स अन्तिम १६ मा

युरो कप अन्तर्गत आइतबार भएका खेलमा इटाली र स्विट्जरल्यान्डले आआफ्नो खेलमा जित हात पारेका छन् ।

खेलको ३९ औँ मिनेटमा म्याटियो पेसिनाले गरेको एक मात्र गोल घरेलु टोली इटालीलाई १० खेलाडीमा सीमित वेल्लमाथि जित दिलाउन पर्याप्त बन्यो ।

पेसिनाले मार्को भेराटीले फ्रि किक मार्फत् उपलब्ध गराएको बललाई पोस्टको दिशा दिएका थिए ।

५६ औँ मिनेटमा वेल्स १० खेलाडीमा सीमित बन्यो । इटालीलका फेड्रिको बेनर्डिस्चीलाई फउल गरेपछि इथान उम्पडुले सिधै रातो कार्डको सामना गर्नु पर्‍यो ।

यो विजयसँगै शतप्रतिशत जितका साथ इटाली ३ खेलबाट ९ अंक जोड्दै समूह ‘ए’ को विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ ।

वेल्सले पनि २ खेलबाट समान १ जित, हार र बराबरीको नतिजा सहित ४ अंकका साथ समूह ‘ए’ को उप विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको छ ।



उसले  समान अंक भए पनि स्विट्जरल्यान्डलाई गोल अन्तरमा पछि पारेको हो । 

वेल्सले ३ खेलमा ३ गोल गर्दै २ गोल बेहेर्दा स्ट्जिरल्यान्डले ४ गोल गरेर ५ गोल खाएको थियो । 



आइतबार राति नै अजरबैजानको बाकुमा भएको खेलमा टर्कीलाई ३-१ ले पराजित गर्दा पनि स्विट्जल्यान्डले भने अन्तिम १६ मा स्थान बनाउन सकेन  ।

स्विट्जरल्यान्डको जितमा जार्डन साकिरीले २ र हसिर सेफेरोभिचले १ गोल गर्दा टर्कीका इरफान क्यान काभिचीले एक गोल फर्काएका थिए ।

सेफेरोभिचले छौटौं मिनेटमा गोत साकिरीले खेलको २७ र ६८ औँ मिनेटमा गोल गरे । काभिचीले ६२ औँ मिनेटमा १ गोल फर्काए । 

समूह ‘ए’ को तेस्रो स्थानमा रहेको स्विट्जरल्यान्डलाई तेस्रो हुने टोलीमध्ये शीर्ष ४ भित्र रहेर अघिल्लो चरण प्रवेश गर्ने मौका भने छ तर त्यसका लागि अन्य टोलीको प्रदर्शनमा भर पुर्न पर्ने हुन्छ ।

तीनै खेलमा पराजित टर्की अंक विहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । 

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार ६:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया