पोखरा-बागलुङ सडकखण्डमा टिप्पर र माेटरसाइकल ठाेक्किँदा दुईको मृत्यु

पोखरा-बागलुङ सडकखण्डमा टिप्पर र माेटरसाइकल एक आपसमा  ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्वत भुकताङका ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । ४५ वर्षीय पुरुषको परिचय अझै खुलेको छैन 

प्रदेश ३-०१-००३ नम्बरको टिप्पर र ग २० प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका-३ स्थित पाेखरा-बागलुङ सडकखण्डकाे लक्ष्मी देउराली पत्थरढुंगामा एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताएको छ । 

टिप्पर पर्वतबाट पोखरातर्फ आउँदै थियो भने मोटरसाइकल पोखराबाट पर्वततर्फ जाँदै थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि पोखरा ल्याइएको थियो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

टिपर चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १०:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया