योग साबुनपानीवाला सफाइका लागि होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले योग शरीरको बाहिरी सफाइका लागि आवश्यक नभएर आन्तरिक सफाइका लागि भएको बताएका छन् । ओलीले आन्तरिक शुद्धीकरणका लागि योगाभ्यास जरुरी भएको बताए । 

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिको विचार, ज्ञान र भावनालाई सबल र सकारात्मक बनाउनका लागि योग आवश्यक भएको बताए । 

ओलीले भने, 'योग साबुन पानीले नुहाएर हुने सफाइलाई पनि र त्योभन्दा बढी विचारको सफाइ, भावनाको सफाइ अर्थात आन्तरिक सफाइका लागि आवश्यक र त्यसका लागि गरिने प्रक्रिया हो ।'

प्रधानमन्त्री ओलीले मानिस मानिसझैँ रहनका लागि, मानवीय भावनाको विकासका लागि र आत्मियताको लागि योगको आवश्यकता भएको बताए । योगले सत्य र आचरणको सुधारमा पूर्ण सहयोग गर्ने बताए । 

प्रधानमन्त्री ओलीले भने, 'योगले सत्यसँग मात्रै सम्बन्ध राख्दछ । पुष्टि नभएको र हुन नसक्ने कुराहरुको पछाडि योग लाग्दैन । यो मेरो मात्रै भनाइ होइन, ऋषि महर्षिहरूको भनाइ हो ।'





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १२:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया