हरेक योग दिवसमा चर्चामा आउने ओलीको त्यो 'अटेरी पोज'

आज अन्तर्राष्ट्रिय योग दिवस। योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीको अगुवाइमा बालुवाटारमा कार्यक्रममा आयोजना गरिएको थियो । उनले कार्यक्रममा सम्बोधन पनि गरे। 

प्रधानमन्त्री ओलीले योगा गर्दै गरेको एउटा तस्बिरको निरन्तर चर्चा भइरहन्छ। अरुले योगा गरिरहँदा बीचमा बसेका ओली केही नगरी चुपचाप उभिइरहेको फोटोमा देखिन्छ। 

हरेक वर्ष योग दिवसमा ओलीको त्यो फोटो सामाजिक सञ्जालतिर सेयर भएको देखिन्छ। फोटो सेयर गर्नेहरुले उनलाई 'अटेरी' भन्दै टिप्पणी गरिरहेका हुन्छन्। अरु समयमा पनि ओलीको त्यो फोटोको चर्चा हुने गरेको छ। 

कहिलेको हो त्यो फोटो ?

त्यो फोटो ५ वर्ष पहिलाको हो। त्यतिबेला विभिन्न अनलाइनहरु मा प्रकाशन भएअनुसार त्यो फोटो राष्ट्रिय समाचार समितको हो। राष्ट्रिय समाचार समितिका फोटोपत्रकार रोशन सापकोटाले खिचेका हुन्।  

योग दिवस मनाउनका लागि सरकारले गठन गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको थियो। २०७३ असार ७ गते (२१ जुन २०१६) मा नारायणहिटी दरबार अगाडि सडकमा कार्यक्रम गरिएको थियो। 



त्यो बेलामा पनि ओली प्रधानमन्त्री थिए। २०७२ असोजमा संविधान घोषणापछि ओली माओवादी, राप्रपा लगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए। उनको क्याविनेटका उपप्रधानमन्त्री कमल थापा पनि योगा गर्दा सँगै देखिन्छ। 

ओलीको लहरमा अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसी, पत्नी राधिका शाक्य, तत्कालीन भारतीय राजदूत रणजित राय, व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव देखिन्छन्। 



कार्यक्रममा सरकारका अन्य मन्त्रीहरु लगायत उच्च पदस्थहरुको उपस्थिति थियो ।  

हेर्नुहोस् त्यो दिनका थप तस्बिरहरु

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १६:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया