इरानका राष्ट्रपतिले भने : अमेरिकासँग वार्ता गर्दैनौँ

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीले अमेरिकासँग वार्ता नगर्ने बताएका छन् । 

इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर वार्ता गर्ने अमेरिकी प्रस्ताव नमान्ने उनले बताएक छन् । 

राष्ट्रपति रइसीले अमेरिका र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता नगर्ने बताएका छन्। 

उनले इरानमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउन पनि अमेरिकासँग आग्रह गरेका छन्। 

यसअघि इजरायलले कट्टरपन्थी नेताका रुपमा चिनिएका रइसीको जितले मध्यपूर्वमा खतरा बढेको प्रतिक्रिया दिएको थियो । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार २१:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया