करेन्ट लागेर २ जनाको मृत्यु
सांकेतिक फोटो

सिरहाका छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।  लहान नगरपालिका—९ गोठ टोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


प्रहरीका अनुसार साह सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

लालपुरकाका यादवलाई भने आफ्नै घरमा तार जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १२:४५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया