राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप तथ एसियन कप छनोट फाइनल चरणका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपाली टोलीले जुलाई १ देखि प्रशिक्षण थाल्ने छ । खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा प्रशिक्षण सञ्चालन गरिने छ । पहिलो सेसन बिहान १० बजे र दोस्रो सेसन दिउँसो ४ बजे हुने छ ।

बन्द प्रशिक्षणका लागि विंगर प्रकाश बुढाथोकी करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा बोलाइएका छन् । बुढाथोकी सँगै पहिले राष्ट्रिय टोलीबाट खेलेका अन्य खेलाडीहरुले पनि बन्द प्रशिक्षणमा फर्किएका छन् । 

इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप तथा एसियन कप संयुक्त छनोट खेल्ने टोलीमा नपरेका भरत खवास, विकेश कुथु, विशाल श्रेष्ठ, त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायतका खेलाडीले पुनरागमन गरेका छन् । 

निरज बस्नेत, डोना थापा, गौरब बुढाथोकी, प्रिजेन तामाङ, सुदिल राई लगायका खेलाडी पहिलोपटक सिनियर टोलीको बन्द प्रशिक्षणा स्थान बनाउन सफल भएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, अर्पण कार्की, विशाल सुनार, दीप कार्की, रोहित चन्द, आशिष लामा, अमित तामाङ, नवयुग श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, निरज बस्नेत, त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की, अञ्जन विष्ट, अन्नत तामाङ, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, अभिषेक रिजाल, दर्शन गुरुङ, दिनेश राजवंशी, प्रकाश बुढाथोकी, डोना थापा, गौरब बुढाथोकी, सुमन लामा, निरज बस्नेत, नितिन थापा, मिक्छेन तामाङ, निशान खड्का, राजीब लोप्चन, रेजिन धिमाल, पुजन उपरकोटी, प्रिजेन तामाङ, सुदिल राई, राजन गुरुङ, रनदीप पौडेल, रवि पासवान, संजोग राई, सन्तोष तामाङ, सुरज जिउ ठकुरी, सुमन अर्याल, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, कमल थापा,​ सुजल ​श्रेष्ठ र गौतम श्रेष्ठ ।।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १४:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया