खानेपानी तथा सरसफाइमन्त्री झालाई गृहजिल्लामा कालो झण्डा

खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झालाई कालो झण्डा देखाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

पक्राउ पर्नेमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं–३ सखुअवाका ललनप्रसाद यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले जानकारी दिए । 

रौतहटको क्षेत्र नं–१ बाट निर्वाचित सांसद झा मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुलनजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाएर विरोध तथा नाराबाजी गरेका थिए ।  
 





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १६:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया